दफा १०१
अनुसन्धान तथा जाँचबुझ सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १४३ बमोजिम बीमितको अनुसन्धान वा जाँचबुझ गर्नु पर्दा प्राधिकरणले आफ्नो अधिकृतस्तरको कुनै कर्मचारीलाई अनुसन्धान अधिकृत तोक्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम तोकिएको अनुसन्धान अधिकृतले बीमितको अनुसन्धान वा जाँचबुझ गर्दा देहायका अधिकार प्रयोग गर्न सक्नेछ:-

(क) सम्बन्धित बीमितलाई कागजपत्र पेस गर्न लगाउने र आवश्यकता अनुसार सोधपुठ्ठ गर्ने,

(ख) सम्बन्धित कार्यालय वा कुनै व्यक्तिको साथमा रहेको सम्बद्ध कागजात, अभिलेख, सूचना वा प्रमाण प्राप्त गर्ने,

(ग) सम्बन्धित विषयमा विशेषज्ञको राय लिने,

(घ) अनुसन्धान वा जाँचबुझ सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने।

(३) उपनियम (२) बमोजिम अनुसन्धान अधिकृतले माग गरेको प्रमाण, सूचना, विवरण वा कागजात उपलव्ध गराई सहयोग गर्नु वा गराउनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।

(४) यस नियम बमोजिम अनुसन्धान वा जाँचबुझ कार्य सम्पन्न भएको सात दिनभित्र ८ अनुसन्धान अधिकृतले आफ्नो राय सहित प्रतिवेदन प्राधिकरणमा पेस गर्नु पर्नेछ।

(५) उपनियम (४). बमोजिम पेस भएको प्रतिवेदन समेतबाट बीमितले ऐनको दफा १४० बमोजिमको कसूर मानिने कुनै कार्य गरेको देखिएमा प्राधिकरणले ऐनको दफा १४५ र १४६ बमोजिमको - अनुसन्धान, जाँचबुझ तथा कारबाहीको लागि सङ्कलित-प्रमाण तथा कागजात सहित त्यस्तो प्रतिवेदन प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारी समक्ष पठाउनु पर्नेछ।